सिराहा । सिराहाको मिर्चैया नगरपालिका ६ स्थित एक स्क्रिन प्रिन्ट पसलमा आइतबार बिहान आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीबाट पसलभित्र रहेका विभिन्न सर सामान जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीको कारण खुल्न नसकेको भएपनि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




