सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका ६ जमुवामा आइतबार राति विद्युत सर्ट भई आगलागी हुँदा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
आगलागीबाट सोही स्थानका ५५ वर्षीय बच्कुन सरदार र ४५ वर्षीय विष्णु सरदारको दुई वटा घर जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




