बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ अम्लेखगंजबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ग्रामसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका १८ ईनर्वा बस्ने २१ वर्षीय राजकिशोर कुर्मी रहेका छन् ।
उनलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




