बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने १ किलो ७५० ग्राम पदार्थसहित एक जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले मकवानपुर कैलाश गाउँपालिका ६ पकनी निवासी २१ वर्षीय रबिन्द्र मोक्तानलाई मंगलबार बिहान नियन्त्रणमा लिएको हो ।
हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ६३ प ८२६२ नम्बरको मोटरसाइकलमा सवार मोक्तानलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका मोक्तानलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।




