महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका ४ गुलरियास्थित सडकमा ट्याक्टरबाट लडेर ८ वर्षीय बालकको मृत्यु भएको छ । गुलेरियाबाट खेस्राहतर्फ जाँदै गरेको ज १ त ८४३ नम्बरको ट्याक्टरबाट लडेर बालकको मृत्यु भएको हो ।
ट्याक्टरबाट लडेर सोही ठाउँका उमेश कुमार यादवका छोरा कोलव कुमार यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जानकी एकेडेमी, पर्सा लगिएको थियो, तर उपचारका क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको हो ।
घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।




