पर्सा । पर्साको जिराभवानि गाउँपालिका ३ जितपुरबाट करिब ४० किलोग्राम अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पटेर्वासुगौली गाउँपालिका ४ भथौरा बस्ने १९ वर्षीय अर्जुन महतो गएराति पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले नौका टोलबाट जितपुरतर्फ पैदल आउँदै गरेका महतोलाई शंका लागि जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको थियो । हाल महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




