सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भित्री सडकखण्डमा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
शुक्रबार साँझ भलुवाबाट कंकालिनी मन्दिरतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकलबाट लडेर सुनसरी कोशी गाउँपालिका ६ कुम्याही निवासी ५० वर्षीया बतुल खातुन गम्भीर घाइते भएकी थिइन् ।
घटनापछि उपचारका लागि कोशी न्यूरो अस्पताल, इनरुवा सुनसरी लगिएको थियो, जहाँ उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।




