सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरको खोरिया टोलमा पसेको बाघलाई १० घण्टापछि स्थानीय घरभित्र थुनेर नियन्त्रणमा लिइएको छ ।
स्थानीय बासिन्दाले बाघलाई चारैतिरबाट होहल्ला गर्दा बाघ भरत विष्टको घरभित्र छिरेको थियो । त्यसपछि स्थानीयले ढोका बन्द गरी बाघलाई थुनिदिएका छन् ।
बाघलाई बस्तीबाट सुरक्षित रूपमा हटाउन कोशीटप्पु वन्यजन्तु आरक्षको टोली तयारीमा जुटेको छ । बाघको आक्रमणबाट सोमबार बिहान गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएका छन् ।
उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरी तथा वन विभागको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।




