सर्लाही । सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका २ बेल्हीस्थित सडकमा सोमबार बिहान बीआर ३० पी १७०३ नम्बरको स्कार्पियो अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४० वर्षीय अमित कुमार अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो, जहाँको उपचारपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको थियो ।
तर, उपचारका क्रममा सोमबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरू गरेको छ ।




