बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ बाट करिब २ किलो ४१ ग्राम अवैध लागूऔषध अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने २७ वर्षीय सुनिल मोक्तान र मकवानपुर भीमफेदी गाउँपालिका ३ बस्ने २० वर्षीय हर्क रूम्बा रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा प्र ०३-००३ प ३१२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेपछि जाँच गर्दा अफिमसहित पक्राउ गरेको हो ।
उनीहरूलाई लागूऔषध सम्बन्धी कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




