पर्सा । पर्साको धोबीनी गाउँपालिका ३ गुलरिया निवासी जोखु पटेलको गोठमा शुक्रबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । घटनामा गोठमा रहेका अन्नपात, घरायसी सामग्री तथा अन्य धनमाल जलेर नष्ट भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।




