बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका १४ बघवनस्थित सडकमा बस र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । ना ६ ख ५०६७ नम्बरको बस र ना ३९ प ७३६७ नम्बरको मोटरसाइकल शुक्रबार बिहान ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक, रौतहट विजयपुर फतुवा नगरपालिका ५ बरगिनियाका ३५ वर्षीय अनिल प्रसाद यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




