महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका ६ रतौलीस्थित शिव इँटा उद्योगमा काम गर्ने एक मजदुरकी तीन वर्षीया छोरीको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेश, साहाजातपुर ग्राम छारा पोष्ट प्वायाका सुरज पालकी छोरी सैजल पालको बिहीबार दिउँसो सोही उद्योगमा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




