रौतहट । रौतहटमा दुई फरक स्थानमा शनिबार दुई जनाको शव फेला परेको छ । चन्द्रपुर नगरपालिका १ सिर्जना बस्ती बस्ने ७३ वर्षीया फुलमाया माझी सोही ठाउँस्थित नहरमा मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै, गरूडा नगरपालिका ६ पोठियाहीस्थित कुलोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको छ । प्रहरीले दुबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




