सप्तरी । खडक नगरपालिका ७ स्थित खडक खोलाको दहमा शनिबार एक महिलाको शव फेला परेको छ । मृतक सोही नगरपालिका ८ मुसहरनिया बस्ने २५ वर्षीया मुनिता कुमारी मण्डल रहेको प्रहरीले जनाएको छ ।
शव फेला परेपछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।




