बारा । बारा जिल्लाको कोल्हबी नगरपालिका ५ सोनाभारमा प्रहरीले सोमबार राति करिब ५६ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कोल्हबी र प्रहरी चौकी बारागढीबाट खटिएको टोलीलाई देख्नासाथ कुमरगढीबाट सोनाभा टोलतर्फ आउँदै गरेका दुई जना मोटरसाइकल सवार व्यक्तिहरूले बोरा फाली फरार भएका थिए ।
प्रहरीले उक्त बोरा खोली तलासी गर्दा ५६ किलोग्राम गाँजा फेला परेको थियो । फरार रहेका व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




