सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ४ स्थित सडकमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको एम्बुलेन्सले ठक्कर दिँदा मलंगवा नगरपालिका ३ निवासी ५५ वर्षीय जयप्रकाश जयसवाल गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते जयसवाललाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । तर, उपचारको क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका अर्का एक पैदलयात्रीको जनकपुरस्थित एएस एन्ड पी अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि एम्बुलेन्स चालक फरार रहेका छन् । हाल प्रहरी फरार चालकको खोजी गर्दै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




