रौतहट । चन्द्रपुर नगरपालिका ७ स्थित आमो खोलामा शनिबार एक पुरूष मृत अवस्थामा फेला परेका छन् । मृतकको आयु अन्दाजी ३६ वर्ष भएको अनुमान गरिएको छ, यद्यपि हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन ।
घटना बारे जानकारी प्राप्त हुना साथ स्थानीय प्रहरी प्रशासनले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले मृतकको पहिचान र घटनाको कारण पत्ता लगाउनका लागि थप अनुसन्धान गरिरहेको छ ।




