रौतहट । रौतहटको बृन्दावन नगरपालिका ७ नहर टोलमा सोमबार साँझ आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । रामबाबु गुप्ताको घरको भान्सा कोठाबाट अचानक लागेको आगोले घरका सामानहरू जलेर नष्ट भएको हो ।
त्यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका ३ चिसापानीमा बस्ने आइते सिंह जिम्बाको घरमा पनि सोमबार दिउँसो आगलागी भएको छ । उक्त आगलागीबाट करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
स्थानीयबासी तथा प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीको कारण बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




