रौतहट । रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित जन ज्योति बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) प्यानलसहित विजयी भएको छ ।
चैत ५ गते सम्पन्न निर्वाचनमा नेविसंघका मो. नौसाद आलम सभापतिमा निर्वाचित भएका छन् । उनले १,१७४ मत प्राप्त गरेका थिए । त्यस्तै, सचिवमा साहिल पुरी १,१२८ मत र कोषाध्यक्षमा सम्झना कुमारी चौधरी १,१४८ मत ल्याउँदै विजयी भए ।
पूर्ण प्यानलसहित विजयी भएको नेविसंघ टोलीलाई क्याम्पसका विद्यार्थी, शिक्षक तथा स्थानीय नेताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
यस स्ववियु निर्वाचनलाई क्याम्पसमा विद्यार्थी नेतृत्व विकासको महत्वपूर्ण चरणको रूपमा हेरिएको छ । विजयी टिमले विद्यार्थी हितका विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।




