रौतहट । राजपुर नगरपालिका १ पिपरा भगवानपुरस्थित सडकमा मंगलबार दिउँसो ई-रिक्सा र मोटरसाइकल बीचको ठक्करमा १४ वर्षीय शेख ज्याउलको मृत्यु भएको छ । म प्र ०३-००१ ह २११९ नम्बरको ई-रिक्सा र बिआर ३० एम ९८७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।
मोटरसाइकल चालक शेख जमालदिनको छोरा, गौर नगरपालिका ९ सिरसिया टोलका शेख ज्याउललाई गम्भीर घाइते अवस्थामा मधेश जनसेवा हस्पिटल प्रा.लि. हर्नैया बारामा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले फरार ई-रिक्सा चालकको खोजी गरिरहेको छ ।




