सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका १४ मा एक पुरुष मृत फेला परेका छन् । सैदपुरस्थित सडकको छेउमा रहेको पिपलको चौतारा मुनी बुधबार अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृतकको नाम, थर र वतन खुलेको छैन । प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेको छ र थप जानकारी जुटाइरहेको जनाएको छ ।




