सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका २ स्थित नियन्त्रित लागूऔषध स्पास्मो १ सय ४४ ट्याब्लेटसहित ३५ वर्षीय राम पुजन साह सुडीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले बर्दिबासबाट डाबरीतर्फ जाँदै गरेको ज १२ प ६१२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका साह, महोत्तरी सोनमा गाउँपालिका २ का निवासी रहेको र लागूऔषध तस्करीको प्रयासमा संलग्न रहेको पुष्टि भएको छ । प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।
पक्राउ परेका साहविरुद्ध लागूऔषध ऐनअनुसार थप कारवाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।




