पर्सा । पर्सागढी नगरपालिका ९ बडेरवाबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । सखुवा प्रसौनी गाउँपालिका २ जमुनिया निवासी ६० वर्षीय धुर्व ठाकुरलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ठाकुर लागूऔषध ओसारपसारमा संलग्न रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




