सिरहा । सिरहामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोलबजारपालिका ४ का स्थितका माँ धमिनी एग्रो राईस मिलका संचालक महेश साह (कोकवा) को छोरा अजय साहले विवाहको प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साहमाथि एक युवतीलाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पारि पटक पटक जबरजस्ती गरणी गरेको आरोप उनलाई बिहिबार राती पक्राउ गरेको हाे ।
करिव २ वर्ष अगाडी माँ धमिनी एग्रो राईस मिलका संचालक महेश साह (कोकवा) मिल मै काम गर्ने एक जना कामदारलाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेको थियो । साहले करोडौंको चलखेल गरि उक्त मुद्दामा सफाइ पाएका थिए ।
साहमाथी फागुन २७ गते नै जबर्जस्ती कर्णीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले बताए । उनले भने, ´साह लुकिछिपी बस्दै आएका थिए ।’
प्रहरी देखेपछि भाग्ने क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार- ४ सातपत्रे खोला नजिकबाट साहलाई नियन्त्रणमा लिएको हो । उनले भने, ‘जवरजस्ती करणी आरोपका फरार प्रतिवादी साहलाई आज सम्मानित जिल्ला अदालतबाट म्याद थप भएको छ । थप अनुसन्धान कार्य भइरहेको छ ।´




