महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका ८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । अन्दाजी २५ वर्षीय ती पुरुषको शव जंगलभित्र रहस्यमय अवस्थामा भेटिएको हो । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
हाल घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शवको पहिचान खुलाउने प्रयास भइरहेको छ भने मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टमका लागि अस्पताल पठाइने जनाइएको छ ।




