महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ४ चकवा निवासी श्रवन कुमार यादवका १० वर्षीय छोरा आलोक कुमार यादवको पोखरीमा डुबेर मृत्यु भएको छ ।
शनिबार दिउँसो एकडारा गाउँपालिका ३ पर्सास्थित पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका आलोकलाई तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको थियो ।
तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हाल घटनाको थप अनुसन्धान भइरहेको छ ।




