पर्सा । वीरगंज महानगरपालिका २० हरपतगंज बस्ने सुलन महराको घरमा शुक्रबार दिउँसो अचानक आगलागी भएको छ । आगलागीबाट घर तथा भित्र रहेका लत्ताकपडा, अन्नपात र भाँडावर्तन जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




