सिराहा । सिराहाको लहान नगरपालिका १२ भोटिया चोकमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । धनगढीबाट लहानतर्फ आउँदै गरेको प्र २-००३ प २९० नम्बरको मोटरसाइकल शुक्रबार साँझ दुर्घटनाग्रस्त हुँदा चालक धनगढीमाई नगरपालिका २ बस्ने २३ वर्षीय विवेक साहको ज्यान गएको हो ।
गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




