धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ स्थित सडकमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । शनिबार साँझ जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख ३४४१ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिँदा ७० वर्षीय रविन्द्र मण्डल गम्भीर घाइते भएका थिए ।
घाइते मण्डललाई उपचारका लागि सेन्ट्रल अस्पताल, लक्ष्मीनिया लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको छ ।




