सप्तरी । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ६ बथनाहामा आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार दिउँसो गंगा राम मण्डलको घरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ भने आगलागी सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ ।




