रौतहट । रौतहट जिल्लाको गरूडा नगरपालिका ४ गरूडा बजारमा रहेको जैसवाल जेनरल स्टोरमा गए राति अचानक आगलागी भएको छ । उक्त स्टोर बारा महागढीमाई नगरपालिका ५ बगरमपुर निवासी २८ वर्षीय हरिशंकर जैसवालको रहेको छ ।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने घटनाबाट भएको क्षतिको विवरण संकलनको प्रक्रिया जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।




