बारा । बाराको आदर्शकोतवाल गाउँपालिका ५ टेढाकट्टीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । गौरबाट कोतवालीतर्फ आउँदै गरेको ग ६ प ८९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेपछि कोल्हवी नगरपालिका १ कोल्हवी बजार निवासी ६५ वर्षीया संजोतिया देवी गम्भीर घाइते भएकी थिइन् ।
घाइते अवस्थाको उनलाई उपचारका लागि वीरगंजस्थित बयोधा अस्पताल लगिएको थियो । उपचारकै क्रममा गए राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।




