महोत्तरी । महोत्तरीको मनरा शिसवा नगरपालिका ९ बथनाहामा गएराति भीषण आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय ५० वर्षीय श्याम सिंहको घरमा भएको आगलागीले करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीको कारण खुल्न नसकेको भन्दै प्रहरीले घटना बारे आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




