सिराहा । सिराहाको लहान नगरपालिका ३ स्थित चाइना कम्पनीमा अलकतरा बोकेको ट्रकमा भीषण आगलागी भएको छ । सोमबार बिहान जेजे ०६ एभि ६२६६ नम्बरको ट्रकमा आगो लाग्दा ट्रक पूर्णरूपमा जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार आगलागीबाट करिब २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीको कारण खुलेको छैन भने प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




