सप्तरी । सप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय शत्रुधन मण्डलको गोठ र घरमा सोमबार बेलुकी अचानक आगलागी हुँदा लत्ता कपडा, अन्नपात, भाडावर्तन, काठपात लगायतका सर सामान जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार आगलागीबाट करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीको कारण खुल्न सकेको छैन भने स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।
आगलागीबाट विस्थापित परिवारलाई आवश्यक राहत तथा सहयोगका लागि स्थानीय प्रशासनले पहल गरिरहेको जनाएको छ ।




