बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित चकरी अमलेखगंज सडकखण्डबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो १ सय ५० ग्रामसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ९ पशुपतीनगरका २८ वर्षीय गोविन्द श्रेष्ठ र हेटौंडा १३ पदमपोखरीका २० वर्षीय सागर घलान रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले सोमबार राति हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा प्र ०२-०५४ प ९१७३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो ।
हाल पक्राउ परेका दुवै जना माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




