सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । उखु खेतमा विद्युतीय मोटर चलाएर पानी पटाउने क्रममा करेन्ट लागेर बलरा नगरपालिका ४ का ६५ वर्षीय गणेशप्रसाद सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्र पुर्याइएकोमा त्यहाँ चिकित्सकले मृतक घोषणा गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




