पर्सा । वीरगंज महानगरपालिका १३ राधेमाईबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । मंगलबार बेलुका सखुवा प्रसौनी गाउँपालिका ३ का २० वर्षीय बसिर अंसारीलाई लागूऔषध नाइट्राजेपाम २४ ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा अंसारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । हाल उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।




