रौतहट । रौतहटको बृन्दावन नगरपालिका ६ मा चक्कु र बञ्चरो प्रहारबाट एक वृद्ध र उनका नाति गम्भीर घाइते भएका छन् । स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल तरकारी किनिरहेका बेला युवक अरविन्द पटेलले अचानक चक्कु प्रहार गरी उनीमाथि आक्रमण गरेका थिए ।
हजुरबुबालाई जोगाउन आएका १६ वर्षीय राजाबाबु पटेलमाथि अर्का युवक अविनाश पटेलले बञ्चरो प्रहार गरेका थिए । पीडित परिवारका अनुसार उनीहरूमाथि ज्यान लिने उद्देश्यले हमला भएको हो ।
घाइते दुबै जनाको वीरगञ्जमा उपचार भइरहेको रौतहट प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी छ ।




