इलाम । इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका ३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा फेला परेको हो ।
हाल शव उत्खनन गर्ने कार्य जारी रहेको उनले जानकारी दिए । शव निकालिएपछि कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइने डीएसपी राईले बताए । घटनासँग सम्बन्धित भन्दै प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ ।
देउमाई नगरपालिका, जितपुर माइत भएकी कट्टेल यही चैत १ गतेदेखि बेपत्ता थिइन् । हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए ।




