सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ७ साइफनस्थित बागमती नहरमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ । हरिवन नगरपालिका ११ बस्ने ऐलुन मियाकी छोरी सेरून खातुन बिहीबार दिउँसो नहरमा डुबेर गम्भीर घाइते भएकी थिइन् ।
उनलाई तत्काल उपचारका लागि नमुना अस्पताल, हरिवन लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




