सप्तरी । सप्तरी जिल्लाका दुई स्थानमा गएराति भएको आगलागीमा करिब १३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बोदे बर्साइन नगरपालिका २ बैरीया टोलमा सुरेश यादव र अरुण यादवको गोठमा अचानक आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित हनुमाननगरमा राजकुमार शर्माले सञ्चालन गरेको शर्मा साउण्ड सर्भिस पसलमा गएराति विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न इलेक्ट्रोनिक सामानहरू जलेर करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीका अनुसार स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




