सिराहा । सोमबार राति सिराहाको धनगढीमाई नगरपालिका ११ स्थित सडकमा धनगढीबाट शान्तिपुरतर्फ जाँदै गरेको को १ च ८६१२ नम्बरको एम्बुलेन्सको ठक्करबाट ४० वर्षीया महिला पैदलयात्री बविता यादवको मृत्यु भएको छ ।
घटनामा गम्भीर घाइते भएकी बविता यादवलाई आरके मेडिसिटि अस्पताल सिराहामा उपचारका लागि भर्ना गरिएको थियो, तर उपचारको क्रममा उनकी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यो घटनामा प्रहरीले थप जानकारी सङ्कलन गर्दै कारवाही अघि बढाउने जनाएका छन् ।




