पर्सा । राति पर्साको बिन्दबासिनी गाउँपालिका २ बहुअर्वास्थित वीरगंज महानगरपालिका १९ केहुनिया बस्ने बरियारको पान घुम्ती पसलमा आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीको खबर पाउँदै स्थानीय बासिन्दा र दमकलको टोली घटनास्थलमा पुगेको थियो र आगो नियन्त्रणमा लिन सफल भए । प्रहरीले आगलागीको कारण र घटना सम्बन्धी थप अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्दै आवश्यक कदम चाल्ने बताएको छ ।




