महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडामा मंगलबार एक युवकको शव फेला परेको छ । ३५ वर्षीय जिबछ महतो सोही स्थानस्थित माछा पोखरीमा मृत अवस्थामा भेटिएका हुन् ।
स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको प्रकृति अध्ययन गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
मृतकको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटना बारे थप अनुसन्धान जारी राखेको जनाएको छ । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाउने प्रक्रिया भइरहेको छ ।




