रौतहट । वीरगंजबाट गौर तर्फ गइरहेको महाकाली ट्राभल्सको यात्रुबाहक बस पिलुवा क्षेत्रभन्दा ५ किलोमिटर पूर्व दुर्घटनाग्रस्त भएको छ । बस अनियन्त्रित भई सडकबाट बाहिर निस्किएर झाडीमा पुगेको छ ।

दुर्घटनाको कारण तत्काल स्पष्ट नभए पनि प्रारम्भिक अनुमानअनुसार, सवारी साधनको ब्रेक फेल वा चालकको नियन्त्रण गुम्नु दुर्घटनाको कारण हुन सक्छ । घटनास्थलमा प्रहरी पुगेका छन् ।
घाइतेहरूको अवस्था र संख्या बारे थप जानकारी आउन बाँकी छ । दुर्घटना बारे वरुण साहले जानकारी दिएका हुन् ।




