वीरगंज । वीरगंज महानगरपालिका १४ भाटभटेनीस्थित हिरा मन्सुरी मियाद्वारा संचालित यमी रेस्टुरेन्टमा विद्युत सर्ट भएर बुधबार दिउँसो आगलागी भएको छ ।
आगलागीका कारण रेस्टुरेन्टमा रहेका टेबल, सोफा, फ्यान लगायतका सामान जलेर करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
घटनामा कुनै मानवीय क्षति नभए पनि व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी भएको छ । प्रहरीले आगलागीको विस्तृत कारण बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




