रौतहट । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका २ भेडियाहीमा बिहीबार दिउँसो भएको आगलागीमा तीन घर जलेर नष्ट भएका छन् । शेख जमरूल, शेख सबिर र कमरूदिन मंसुरीको घरमा लागेको आगलागीबाट करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको भएपनि आगलागीबाट घर तथा घरभित्र रहेको सामग्री पूर्णरूपमा नष्ट भएको जनाइएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




