रौतहट । रौतहटको वृन्दावन नगरपालिका ६ निवासी २८ वर्षीया पुनम देवी पण्डितको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । घरको धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी पण्डितलाई तत्काल उपचारका लागि चपुरस्थित सिभिल अस्पताल लगिएको थियो ।
तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ । यस घटनाले घरेलु विद्युतीय उपकरणको सुरक्षा सम्बन्धी सचेतनाको आवश्यकता औंल्याएको छ ।




